News
शैक्षिक व्यवस्थापन कार्यविधि, २०७४
नगर शिक्षा समितिको संरचना तथा कार्यसंचालन विधी :
१. नगर कार्यलयको प्रमुख अध्यक्ष
२. नगरकार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य मध्यबाट कम्तिमा
१ जना महिला सहित २ जना सदस्य
३. प्रमुख प्रशासकिय अधिकृत सदस्य
४. सामुदायिक विद्यालयको प्रधानाध्यपकहरु मध्यबाट समितिले
तोकेको २ जना सदस्य
५. संस्थागत विद्यालयका प्र. अ.हरुमध्ये समितिले तोकेको एक जना सदस्य
६. सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट
समितिले तोलेको १ जना सदस्य
७. नगरस्तरिय शिक्षक महासंघका अध्यक्ष एक जना सदस्य
८. शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट अध्यक्षले मनोनित गरेका
३ महिला सहित ४ जना सदस्य
९. शिक्षा अधिकृत सदस्य सचिव
परीक्षा संचालन समन्वय समिति
१. नगर प्रमुख अध्यक्ष
२. नगर उपप्रमुख सदस्य
३. प्रमुख प्रशासकिय अधिकृत सदस्य
४. प्रमुख, सम्वन्धित स्थानिय तहमा रहेको प्रहरी कार्यलय सदस्य
५. प्रमुख, सम्वन्धित स्थानिय तहमा रहेको शसस्त्र प्रहरी बल सदस्य
६. शिक्षा अधिकृत, सो नभएमा वि. नि., सो नभएमा स्रोतव्यक्ति सदस्य सचिव
परीक्षा संचालन उपसमिति
१. प्रमुख प्रशासकिय अधिकृत संयोजक
२. सामुदायिक विद्यालयका प्र. अ. वा शिक्षकमध्येबाट परिक्षा संचालन समन्वय
समितिका अध्यक्षले तोकेको २ जना सदस्य
३. संस्थागत विद्यालयका प्र. अ. वा शिक्षकमध्येबाट परिक्षा संचालन समन्वय
समितिका अध्यक्षले तोकेको १ जना सदस्य
४. स्रोतव्यक्ति सदस्य
५. शिक्षा अधिकृत, सो नभए वि. नि., सो नभएमा स्रोतव्यक्ति सदस्य सचिव