FAQs Complain Problems

बेतना

Read More

बेलबारी

Read More

रमिते सामुदायि पर्यटकीय क्षेत्र

Read More

सृजना पार्क

Read More

नगरपालिकाको संक्षिप्त परिचय

मोरङ जिल्ला प्राचीन कालमा विराट राजाको राजधानी र मध्यकालमा विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजाको राज्य भित्र रहेको इतिहास छ । मोरङ जिल्लाका एक विराटनगर महानगरपालिका ८ नगरपालिका र ८ गाउँपालिकाहरूमध्ये बेलबारी नगरपालिका एक हो । मानव बसोबासको इतिहास र पुरातात्त्विक प्रमाणहरूको आधारमा लगभग तीन हजार वर्ष अघिदेखि बसोबास गरिआएको बेतना सिमसार क्षेत्रको पुरातात्त्विक प्रमाण र लगभग आठ सय वर्षभन्दा अगाडिको धनपालगढी क्षेत्र रहेको यो बेलबारी नगरपालिका हो । आधुनिक नेपाल निर्माणपछि ३५ वटा जिल्लाहरू हुँदा हालको मोरङ, झापा, सुनसरी एउटा जिल्ला मोरङ रहेको थियो । यो बेलबारी नगरपालिका मोरङ जिल्लाको लगभग मध्य भागमा रहेको छ ।

ऐतिहासिक कालमा यो क्षेत्र घना जङ्गलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जङ्गलले नै ढाकिएको छ । पुराना बुढापाकाहरूको भनाइ अनुसार त्यस समयमा यहाँको जङ्गल क्षेत्रमा प्रशस्त बेलको रुखहरू पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै बेलबारी रहन गएको हो । अर्थात् बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाइ रही रहेको छ । नेपाल सरकारबाट २०७१ साल वैशाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर नगरपालिका बने पछि सङ्घीय राज्यको संरचना अनुसार पुन: २०७३ को राज्य पुनर्संरचना पश्चात् बेलबारी नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको बेलबारी नगरपालिका बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरूमा विभाजन गरिएको छ । बेलबारी नगरपालिकाको कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

Pages

News & Notices

Pages

जनप्रतिनिधि

Dil Prasad Rai
Mayor
dpthule246@gmail.com
021-434213\ Mob. 9852046509
Nitu Thapa Koirala
Deputy Mayor
021-434290, Mob.
टेक बहादुर राई
प्रवक्ता / वडाध्यक्ष
raitekbahadur32@gmail.com
9852029099

कर्मचारी

Kiran Prasad Dhakal
Chief Administrative Officer
9852064111
Dhana Maya Rai
Officer Eighth Level
account@belbarimun.gov.np
9852020417
Krishna Neupane
Information Technology Officer
ito@belbarimun.gov.np
9842402471
Mahendra Khadka
Information Officer
suchanaadhikari@belbarimun.gov.np
9852045604

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाइ
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१.वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस

२.नागरिकता छायाँकपि

३.अध्यनरत छात्रछात्रा भए विद्यालयको सिफारिस

४.थप संशोधन अनुरुप मागेको कागजात

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- राजस्व उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नगरसभाबाट पारित दर अनुसार
आवश्यक कागजातहरुः-

१.उद्योग/व्यवसाय दर्ता सम्बन्धी आवश्यक प्रक्रिया पुरा गरेमा

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- राजस्व उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नगरसभाबाट पारित दर अनुसार
आवश्यक कागजातहरुः-

1.निवेदन

2.कम्पनी रजिष्ट्रारको प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- राजस्व उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१.व्यवसाय प्रमाणपत्र

२. घर वहाल सम्झौता पत्र

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- राजस्व उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- १० प्रतिशत
आवश्यक कागजातहरुः-

१.घरधनीसँग संझौताको कागजात

२.व्यवसाय प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- निर्णय भएपछि उपलब्ध गराउने
जिम्मेवार अधिकारीः- महिला बालबालिका तथा लक्षितवर्ग समन्वय उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. परिचय पत्रको प्रतिलिपि लिनुपर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको  वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागि निवेदन

२.वडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिव देखिएमा परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपी वडा कार्यालयमा राखी निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस सहित नगर कार्यपालिकाको कार्यालयमा पठाउने

३.पेश भएको निवेदन मनासीव भएमा परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउने

४.प्रतिलिपीका लागि प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्र बाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा नगर समन्वय समितिमा पेश गरी सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्ने ।

सेवा प्रकारः-
सेवा समयः- नगर समन्वय समितिको निर्णय पछि प्रदान गरिने ।
जिम्मेवार अधिकारीः- महिला बालबालिका तथा लक्षितवर्ग समन्वय उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित वडामा अपाङ्गता भएका व्यक्ति स्वयं निजका अभिभावक वा संरक्षकले अनुसूची १ बमोजिमको ढाँचामा परिचय पत्र प्राप्तिका लागि सबै पुष्टायाई गर्ने कागजातहरु २ प्रति समावेश गरी निवेदन दिने

२.दरखास्तमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित प्रमाणित प्रतिलिपी, पासपोर्ट साइज (सम्भव भएसम्म अपाङ्गता देखिने गरी खिचिएको फोटो )

३. अपाङ्गगता भएको  चिकित्सकहरुको प्रमाण

४. नगर समन्वय समितिको निर्णय

सेवा प्रकारः-
सेवा समयः- बुझ्नु पर्ने भएमा बुझेको भोलिपल्ट बुझ्नु नपर्ने भए सोहि दिन
जिम्मेवार अधिकारीः- उद्योग तथा सहकारी व्यवस्थापन ईकाइ
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- दर्ता शुल्क १००० वार्षिक शुल्क ४०००
आवश्यक कागजातहरुः-

१.निवेदनको साथमा नागरिकताको छायाकपी,

२.नेपाल सरकार तथा नेपाल सरकारबाट मान्यता प्राप्त कम्तिमा ३ महिने शिप प्राप्तीको प्रमाणपत्रको छाँया प्रति,

३.तालिम दिने संस्थाको दर्ता प्रमाणपत्र,

४.सम्बन्धित विषयको समयावधि भित्रको अनुमति पत्र

सेवा प्रकारः-
सेवा समयः- ३० दिन
जिम्मेवार अधिकारीः- उद्योग तथा सहकारी व्यवस्थापन ईकाइ
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- १.बेलबारी नगरक्षेत्रमा दर्ता भएका सहकारी दर्ता शुल्क रु. १०००।- २. अन्य निकायमा दर्ता भई बेलबारी नगरक्षेत्रमा सेवा विस्तार अनुमति शुल्क रु. ७०००।-
आवश्यक कागजातहरुः-

१.अनुसूची १ को ढाँचाको निवेदन,

२.विनियम, समूहको अध्ययन प्रतिवेदन, प्रारम्भिक र दोश्रो भेलाको निर्णयको प्रमाणित छायाँप्रति,

३.संलग्न व्यक्तिको नेपाली नागरिकताको छायाँकपी,

४.संचालकको तीन पुस्ते विवरण र फोटो र दर्ताको अख्तियारी,

५.वडा कार्यालयको सिफारिस, स्थालगत सर्जमीन, आर्थिक जिम्मेवारी लिएको कागजात,

६.स्व:घोषणा पत्र, वार्षिक कार्ययोजना आदी

सेवा प्रकारः-
सेवा समयः- ३० दिन
जिम्मेवार अधिकारीः- उद्योग तथा सहकारी व्यवस्थापन ईकाइ
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- रु. १०००।
आवश्यक कागजातहरुः-

१.आमभेलाबाट संस्था दर्ता गर्ने निर्णय,

२. ९ देखि २१ जना पदाधिकारी सहितको निवेदन,

३. कार्यसमितिका सदस्यहरुको हस्ताक्षर सहित संस्थाको एक प्रति विधान,

४.वडा कार्यालयको सिफारिस, स्थलगत सरजमिन,

५.कार्यसमितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति, ६.समितिका सदस्यहरुको आचर शुद्धता तथा पेशा खुलेको सिफारिस,

७.अन्य जाँचबुझ स्थानीय अधिकारी बाट हुने ।

Pages