बेलबारी नगरपालिका परिचय

संक्षिप्त परिचय

ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जंगल सामान्य मात्र रहेको पाईन्छ । यो नगरपालिका नेपाल सरकारले २०७१ साल बैसाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन: २०७३ को राज्य पुर्नसंरचना पश्चात पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरुमा बिभाजन गरिएको छ । कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केरावारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका, र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउपालिका र दक्षिण तर्फ रंगेली नगरपालिका रहेका छन् ।

मोरङको बेलवारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र प¥यो । यसैगरी अझ पछि भने हरिहरसेनका नाति विधाता इनद्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान बिजयपुरको अभिन्न अंग बन्न पुग्यो । सेनकाल भन्दा अघिनै बेलबारीको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलवारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।

वि.सं. २०६८ को कुल जनसंख्या ६५ हजार ९ सय ७४ रहेकोमा हाल वि।सं। २०७४ को अनुमानित कुल ७५ हजार ५ सय ९५ जना पुगेका छन् । वार्षिक जनसख्या बृद्धिदर २ दशमलव ५४ रहेको यो नगरमा ‍आदीवासी जनजातीको ५७.१३ प्रतिशत, ब्राम्हण क्षेत्री ३२.२३ प्रतिशत, दलित .८१ र मधेशी पिछडागर्ग २‍.८३ प्रतिशत रहेका छन् । साक्षरताको हिसाबले निकै अघि रहेको यो नगरको कुल साक्षरता ७४।१७ प्रतिशत रहेकोमा महिला ६६.६६ प्रतिशत र पूरुष ८३.२२ प्रतिशत रहेको छ । 
विविध कला संस्कृति र धर्मालम्बीहरुको बसोबास रहेको यो नगरक्षेत्रमा ऐतिहासिक महत्वको धनपालगढी, प्राकृतिक र पर्यावरणीय रुपमा मनोरम स्थल बेतना सिमसार क्षेत्र, झलझली सिमसार, पेट्रोल खानी, रमितेडाँडा लगायत अन्य सिमसार क्षेत्रको प्रचुर संभावना बोकेको छ जसबाट पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने देखिन्छ ।

भौगोलिक अवस्थिति
    नगरपालिकाको स्थापना           ः–     २०७१ साल बैसाख २५ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार 
    अवस्थिति ;     आक्षांश             ः–    आक्षांस २६ं ३६’ १६” देखि २६ं ४३’ ३३’’ उत्तर सम्म ।
                             देशान्तर      ः–    देशान्तर २७ं ३२’ २६” देखि ७८ं २८’ ४२” पूर्वसम्म ।
    क्षेत्रफल                ः–    १३२.७९ ब.कि.मी.     
    उचाई समुन्द्री सतहदेखि        ः–    ११२ देखि ११६ मिटर सम्म 
    सिमाना    ः      पूर्व     ः    कानेपोखरी गा. पा.
                       पश्चिम    ः    कोशिहरैंचा न.पा., ग्रामथान गा.पा.,
                          उत्तर    ः    केराबारी गा.पा., लेटाङभोगटेनी न.पा.
                       दक्षिण    ः    रंगेली न.पा.
               हावापानी        ः    उष्ण मनसुनी

नगरको प्रशासनिक विभाजन

   संघिय प्रदेश नं.

बिकास क्षेत्र

पुर्वान्चल

चन्चल

कोशी

जिल्ला

मोरङ

जिल्ला सदरमुकाम

बिराटनगर

निर्वाचन क्षेत्र

जम्मा वडा संख्या

११

नगरको मुख्य नदी, खोला तथा तालतलैया सिमानाका गाविसहरु
    मुख्य नदिहरु       ः    लोहन्द्रा, चिसाङ
    खोलाहरु         ः    किस्ती, केसलीया, दरलोकना
    तालतलैयाहरु        ः    बेतना, धनपाल गढी पोखरी, भुताहा बांध

 

वि.सं. २०६८ को जनगणना अनुसार

                                                         धन्यबाद