सहकारी संस्थाहरूका ऋणी सदस्यहरूलाई ऋणको सावाँ र व्याज चुक्ता गर्ने सम्बन्धी सूचना ।
सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई ऋणको सावाँ र व्याज चुक्ता गर्ने सम्बन्धी सूचना
बेलबारी नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाहरूबाट ऋण लिई रकम परिचालन गर्नुभएका सम्पूर्ण ऋणी सदस्यहरुले आफुले लिएको ऋणको सावाँ र व्याज समयमै नबुझाएको गुनासो नगरपालिकामा परेको र सहकारी संस्थाहरू सदस्यहरूको बचत र ऋण परिचालनबाटै सञ्चालन हुने र समयमै ऋण असुली नहुँदा सर्वसाधारण बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न समेत समस्या भई समग्र सहकारी क्षेत्रमा नकारात्मक असर परिरहेको हुँदा सहकारी क्षेत्रमा वित्तीय सुशासन कायम राख्न र बचतकर्ताको रकम सुरक्षित गर्नका लागि बेलबारी नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ५८,५९,६१ र ६२ तथा अन्य प्रचलित सहकारी कानून समेतमा ऋण तथा अन्य बाँकी बक्यौता असुल उपर गर्ने व्यवस्था भएको व्यहोरा सबैमा जानकारी गराइन्छ । अत: विभिन्न सहकारी संस्थाहरूबाट ऋण लिई रकम परिचालन गर्नुभएका सम्पूर्ण ऋणी सदस्यहरुले आफुले लिएको ऋणको सावाँ र व्याज समयमै चुक्त्ता गरी वित्तीय अनुशासन कायम गर्दै सहकारी संस्थाहरुको कारोवारलाई मर्यादित र पारदर्शी बनाउन सहयोग गर्न यो सूचना प्रकाशित गरिएको छ । अन्यथा प्रचलित कानून अनुसार हुने व्यहोरा जानकारी गराइन्छ ।