हाम्रो मिशन

दीर्घकालीन सोच, लक्ष्य र उद्देश्य

दीर्घकालीन सोच बेलबारी नगरपालिकाको विकासको आधारः कृषि, उद्योग, प्रविधि, पर्यटन र व्यापार लक्ष्य कृषि, उद्योग र व्यापारको माध्यमबाट व्यापक रोजगारी सृजना गरी वि.स. २०९० भित्र कोशी प्रदेशको नमुना नगरपालिका बन्ने । उद्देश्य दिगो विकास लक्ष्य र निर्धारित सूचकहरू हासिल गर्नु । शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवा तथा संरचनाहरूमा सबैको पहुँचको सुनिश्चितता गर्नु । समावेशी विकास प्रवर्द्धन सहित असमानता न्यूनीकरण गरी विकासमा सबैको अपनत्व सुनिश्चित गर्नु । कृषि उत्पादकत्व वृद्धि तथा उद्यम विकास गरी द्रुत आयआर्जनका अवसरहरू सिर्जना गरेर उच्च आर्थिक वृद्धिदर प्राप्त गर्नु । सुशासन तथा नगरपालिकावासीहरूलाई सामाजिक न्यायको प्रत्याभूति गर्नु । प्रविधि विकास तथा विस्तार गर्नु । मानव अधिकार संरक्षण, दण्डहीनताको अन्त्य सहितको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नु ।