FAQs Complain Problems

Photo Gallery

ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जंगल सामान्य मात्र रहेको पाईन्छ । नेपाल सरकारले २०७१ साल बैसाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन: २०७३ को राज्य पुर्नसंरचना पश्चात पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरुमा बिभाजन गरिएको छ । कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केरावारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका, र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउपालिका र दक्षिण तर्फ रंगेली नगरपालिका रहेका छन् । नया संरचना अनुसार बेलबारी नगर कार्यापालिकाको नक्सा तथा सिमांकन

बेलबारी नगरपालिकाद्वारा गत साउन २७ । २८ गते परेको अबिरल बर्षाका कारण खोला बाढी डुबानमा परि प्रकोप पिडित घरपरिवारलाई राहत स्वरुप खाधन्न चामल त्रीपाल मेट्रेस बितरण कार्य गिरदै । साथै प्रकोप पिडीत घर परिवाको संख्या अत्यधिक रहेको हुंदा थप राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष जोडदार माग गिरएको छ । यस आहतको घडीमा मानविय सहायता र सम्बेदनाको लागि सबै मनकारी नगर तथा देशबासी महानुभावहरुमा बेलबारी नगरपालिका हार्दीक अपिल गर्दछ ।

आ.ब. २०७४/७५ को योजना छनौट छलफलमा सहभागी हुदै न‍.पा. का राजनैतिक दल तथा संस्था का प्रतिनिधिहरु ।

बेलबारी न.पा. द्रारा नेपाल आदिबासी जनजाति महासंघको सहकार्यामा नगर सरसफाई गरीदै ।

तेलकुडी बाटो ग्राैभेल निरक्षण गरिदै स्थानियको साथमा कार्यकारी सहितको टोली

सार्वजनिक सुनुवाई कार्यक्रम, बेलबारी न.पा.

बेतना सिमसार क्षेत्र, बेलबारी मोरङ

बेतना सिमसार क्षेत्र, बेलबारी

Pages