FAQs Complain Problems

समाचार

अपाङ्गगता परिचयपत्रको प्रतिलिपि

लाग्ने समय: 
निर्णय भएपछि उपलब्ध गराउने
जिम्मेवार अधिकारी: 
महिला बालबालिका तथा लक्षितवर्ग समन्वय उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१. परिचय पत्रको प्रतिलिपि लिनुपर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको  वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागि निवेदन

२.वडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिव देखिएमा परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपी वडा कार्यालयमा राखी निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस सहित नगर कार्यपालिकाको कार्यालयमा पठाउने

३.पेश भएको निवेदन मनासीव भएमा परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउने

४.प्रतिलिपीका लागि प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्र बाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा नगर समन्वय समितिमा पेश गरी सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्ने ।