FAQs Complain Problems

समाचार

नगरपालिकाको संक्षिप्त परिचय

मोरङको बेलबारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र पर्थ्यो । यसै गरी अझ पछि भने हरिहर सेनका नाति विधाता इन्द्र सेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेन काल भन्दा अघि नै बेलबारीको सेनकीमा धनपाल नामका एक जना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलबारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।

ऐतिहासिक कालमा यो क्षेत्र घना जङ्गलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जङ्गलले नै ढाकिएको छ । पुराना बुढापाकाहरूको भनाई अनुसार त्यस समयमा यहाँको जङ्गल क्षेत्रमा प्रशस्त बेलको रुखहरू पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात् बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जङ्गल सामान्य मात्र रहेको पाइन्छ । नेपाल सरकारले २०७१ साल वैशाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन: २०७३ को राज्य पुनर्संरचना पश्चात् पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरूमा विभाजन गरिएको छ । कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केराबारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउँपालिका र दक्षिण तर्फ रङ्गेली नगरपालिका रहेका छन् ।

विविध कला संस्कृति र धर्मावलम्बीहरूको बसोबास रहेको यो नगर क्षेत्रमा ऐतिहासिक महत्वको धनपालगढी, प्राकृतिक र पर्यावरणीय रूपमा मनोरम स्थल बेतना सिमसार क्षेत्र, झलझली सिमसार, पेट्रोल खानी, रमिते डाँडा लगायत अन्य सिमसार क्षेत्रको प्रचुर सम्भावना बोकेको छ जसबाट पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने देखिन्छ ।

वि.सं. २०६८ को कुल जनसङ्ख्या ६५ हजार ९ सय ७४ रहेकोमा हाल वि.सं. २०७४ को अनुमानित कुल ७५ हजार ५ सय ९५ जना पुगेका छन् । वार्षिक जनसङ्ख्या वृद्धिदर २ दशमलव ५४ रहेको यो नगरमा आदिवासी जनजातिको ५७.१३ प्रतिशत, ब्राह्मण क्षेत्री ३२.२३ प्रतिशत, दलित ७.८१ र मधेसी पिछडा वर्ग २.८३ प्रतिशत रहेका छन् । साक्षरताको हिसाबले निकै अघि रहेको यो नगरको कुल साक्षरता ७४.१७ प्रतिशत रहेकोमा महिला ६६.६६ प्रतिशत र पुरुष ८३.२२ प्रतिशत रहेको छ ।

वि.सं. २०७८ जनगणना अनुसार बेलबारी नगरपालिकाको कुल जनसङ्ख्या ८१ हजार ७ सय ७१ रहेको छ । जसमा महिला ४३ हजार ४ सय ७४ र पुरुष ३८ हजार २ सय ७९ रहेका छन् । तस्तै बेलबारी नगरपालिमा २० हजार ४ सय ५९ घरधुरी सङ्ख्या रहेकोमा औसत घरधुरी सङ्ख्या ४ छ भने लैङ्गिक अनुपात ८८.०९ रहेको छ ।
 

भौगोलिक अवस्थिति

नगरपालिकाको स्थापना  

२०७१ साल बैसाख २५ गतेको मन्त्रिवरिषदको निर्णय अनुसार

अवस्थिति

अक्षांस २६,३६,१६ देखि ७८,४३,३३ उत्तर सम्म

देशान्तर

देशान्तर २७,३२,२६,देखि ७८,२८,४२ पुर्व सम्म

क्षेत्रफल

१३२.७९ ब.कि.मि.=

उचाई समुन्द्री सतह देखि

११२ देखि ११६ मिटर सम्म

हवापानी

 उक्ष्ण मन्सुनी

सिमाना

पुर्व

लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिका

पश्चिम

सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउँपालिका

उत्तर

लेटाङ नगरपालिका र केरावारी गाउँपालिका

दक्षिण

रंगेली नगरपालिका

 

नगरको प्रशासनिक विभाजन

प्रदेश

कोशी

जिल्ला

मोरङ

जिल्ला सदरमुकाम

विराटनगर

निर्वाचन क्षेत्र

प्रतिनिधि सभा क्षेत्र नं. ३ (वडा नं. १, , , , , , १०,११)

प्रतिनिधि सभा क्षेत्र नं. ४ ( वडा नं. ५, , ७)

प्रदेश सभा क्षेत्र नं. ३ क (वडा नं. ८ र १०)

प्रदेश सभा क्षेत्र नं. ३ ख (वडा नं. १, २, ३, ४, ५, ६, ७, 9 र १० )

जम्मा वडा संख्या

११

 

 

नगरको मुख्य नदी,खोला तथा तालतलैयाहरु

मुख्य खोला

लोहन्द्रा खोला

 

चिसाङ खोला

 

किस्ति खोला

 

केसलिया खोला

 

दरलोकना खोला

 

दुधाहा खोला

 

धैती खोला

 

कयर खोला

 

सिसौली खोला

 

तालतलैया

बेतना सिमसार

 

धनपाल गढी पोखरी

 

भुताहा बाँध

 

झलझली सिमसार

 

वासुकि ताल

बेलबारी र सुन्दरहरैँचाको सिमानामा रहेको ताल ।

 

 

धर्मीक तथा पर्यटकीय स्थलहरु

क्र.स.

धर्मीक तथा पर्यटकिय स्थलको नाम

मेला लाग्ने दिन

प्रसिद्धीका कारण

वेतना सिमसार

नियमित पर्यटकिय भ्रमण तथा वनभोज भैरहने

सिमसार जरुवा पानि तथा दुर्लभ जातीका कछुवा,चराहरु र अन्य प्रजातिका जिवजन्तुहरु र माछा पालन

रमिते डाँडा

नियमित पर्यटकिय भ्रमण तथा वनभोज भैरहने

रमणिय पर्यटकिय स्थल

धनपालगढी

बैशाख १० गते

एैतिहासिक,धार्मीक,पुरातात्वीक सास्कृतीक स्थान

किरात यायोख्या ( साकेला थान)

बैशाख पुर्णिमा (चण्डी थान)

जतिय सास्कृतीक र धार्मीक पर्यटन

तमु /तामाङ बौद्ध गुम्वा

लोसार

जतिय सास्कृतीक र धार्मीक पर्यटन

दशै (दशहरा) ,तिहार,माघी,फगुवा,शिवरात्री तथा अन्य पर्वहरु

विभिन्न महिनाहरु

धार्मीक सास्कृतीक र जातिय आस्था

रामजानकी मन्दीर

रामनहवमी

धार्मीक आस्था

धिमाल ग्राम महाराज थान ग्रामथान ढंगढंगे

जेष्ठ ५ र ६ गते

धार्मीक आस्था

कविरबाबा मठमन्दीर

 

 

१०

दुर्गा मन्दिर

 

 

११

विभिन्न क्रियासिल चर्चहरु

क्रिसमस

धार्मीक आश्था

१२

विभीन्न ग्रामथान तथा महाराज थानहरु

विभीन्न महिनाहरुमा

धार्मीक आस्था

 

वि.स. २०७८ को जनगणना बमोजिमको जनशाङ्खिक विवरण

वडा नं.

घर धुरी संख्या

जम्मा जनसंख्या

पुरुष

म्हिला

औसत घर धुरी संख्या

लैङ्गिक अनुपात

1

2152

8351

3871

4480

3.88

86.41

2

1834

7422

3437

3985

4.05

86.25

3

1957

7543

3594

3949

3.85

91.01

4

2380

9465

4381

5084

3.98

86.17

5

1510

5890

2815

3075

3.90

91.54

6

1012

3985

1886

2099

3.94

89.85

7

1533

6179

2972

3207

4.03

92.67

8

1949

8130

3825

4305

4.17

88.85

9

2294

9243

4324

4919

4.03

87.90

10

1684

6759

3158

3601

4.01

87.70

11

2154

8804

4034

4770

4.09

84.57

जम्मा

20459

81771

38297

43474

4.00

88.09

 

 

 

बेलबारी नगर कार्यपालिकाको

वडा बिभाजन

हल कायम भएको नयॉ वडा नं.

समावेश भएका साविक गा.वि.स/ न.पा.हरु

साविक पहिलेको वडा

बेलबारी

१, २

बेलबारी

बेलबारी

बेलबारी

५, ६, ७

बेलबारी

८, ९, १०

बेलबारी

११

बाहुनी

२, ३

बाहुनी

४, ५, ६, ७, ८

बाहुनी

9

डाँगिहाट

२, ३, 7

बाहुनी

डाँगिहाट

६, 7, 8

१०

डाँगिहाट

१, ४

११

डाँगिहाट

 

हाट बजार

क्र.स.

हाटबजारको नाम

बजार लाग्ने दिन

ठेगाना

  •  

सोमबारे बजार

प्रप्येक हप्ताको सोमबार

बेलबारी वडा नं. १

  •  

शुक्रवारे बजार

प्रप्येक हप्ताको शुक्रवार

बेलबारी वडा नं. २

  •  

मवेशी पशुहाट

प्रत्येक हप्ताको सोमबार

बेलबारी वडा नं. ३

  •  

कसेनी बजार

प्रत्येक हप्ताको

बेलबारी वडा नं. ५

  •  

सोमबारे बजार

प्रत्येक हप्ताको

बेलबारी वडा नं. ६

  •  

बाहुनी बजार

प्रत्येक हप्ताको

बेलबारी वडा नं. 7

  •  

गौथली चौक बजार

प्रत्येक हप्ताको

बेलबारी वडा नं. ८

  •  

डाँगिहाट बजार

प्रत्येक हप्ताको

बेलबारी वडा नं. ९

  •  

लक्ष्मिमार्ग बजार

प्रत्येक हप्ताको

बेलबारी वडा नं. ११

 

 

Weight: 
0