FAQs Complain Problems

बेतना

Read More

बेलबारी

Read More

रमिते सामुदायि पर्यटकीय क्षेत्र

Read More

सृजना पार्क

Read More

नगरपालिकाको संक्षिप्त परिचय

ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जंगल सामान्य मात्र रहेको पाईन्छ । नेपाल सरकारले २०७१ साल बैसाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन: २०७३ को राज्य पुर्नसंरचना पश्चात पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरुमा बिभाजन गरिएको छ । कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केरावारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका, र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउपालिका र दक्षिण तर्फ रंगेली नगरपालिका रहेका छन् ।

जनप्रतिनिधि

दिल प्रसाद राई
नगर प्रमुख
dpthule246@gmail.com
021-434213, 9852046509
नितु थापा कोइराला
उप– प्रमुख
neetu.thapakoirala@gmail.com
021-434920, Mob.9852034135

कर्मचारी

गणेशराज कार्की
प्रमुख प्रशासकीय अधिकृत
raj.ganesh2014@gmail.com
9852064111
महेन्द्र खड्का
सूचना अधिकारी
suchanaadhikari@belbarimun.gov.np
9852045604

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजातको आधिकारिकताको पुष्टयाई गर्नु पर्ने अवस्थामा सोही दिन अन्यथा आधिकारिकता पुष्टयाँई भएपछि ।
जिम्मेवार अधिकारीः- महेन्द्र खड्का, अधिकृत स्तर आठौँ
सेवा दिने कार्यालयः- पञ्जिकरण तथा सामाजिक सुरक्षा उप शाखा
सेवा शुल्कः- रु ५२०
आवश्यक कागजातहरुः-

१‍. जन्मदर्ता प्रमाणपत्रको हकमा निवेदन, जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी, बुबाको नागरिकता प्रमाणपत्र प्रतिलिपी र आमाको नागरिकता प्रमाणपत्र प्रतिलिपी ।

२‍. मृत्यु दर्ता प्रमाणपत्रको हकमा निवेदन, मृत्युदर्ता प्रमाणपत्र प्रतिलिपी, मृतकको नागरिकता वा जन्मदर्ता प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नागरिकता सिफारिस रु १००। नागरिकताको प्रतिलिपि सिफारिस रु. १०० । सर्जमिनको हकमा सर्जमिन दस्तुर रु ५००।
आवश्यक कागजातहरुः-

१. पिताको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता । २. जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (बिधार्थीको हकमा)। ५. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (बिवाहिताको हकमा) ६. बसाँइसरी आएको हकमा बसाँइ सराइको प्रमाण पत्रको प्रतिलिपि ७. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ८. चालु आ.ब सम्मको सम्पत्ति कर तिरेको रसिद ।